समाज


भारतमा काेराेना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजारभन्दा बढीको मृत्यु

भारतमा काेराेना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजारभन्दा बढीको मृत्यु

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ७:३९,

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १११ जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ।

भारतभरी हाल पाँच लाख ७० हजार ४५८ जना सक्रिय संक्रमित रहेका छन्। भारतको महाराष्ट्र राज्य सब भन्दा प्रभावित राज्यको रुपमा रहेको छ। यहाँ १ लाख २४ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन्। महाराष्ट्रमा १५ लाख १० हजार ३३५ जना यस भाइरस मुक्त भएका छन् भने ४३ हजार ९११ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ९१ हजार २९७ जना सक्रिय संक्रमित रहेका र ३ लाख ४० हजार ३२४ जना कोरोना मुक्त भएका छन्। एक हजार ४८४ जनाको मृत्यु भएको जनाइएको छ। तमिल नाडूमा २२ हजार १६४ जना सक्रिय संक्रिमित रहेका छन् भने नयाँ दिल्लीमा ३२ हजार ७१९ जना सक्रिय संक्रमित रहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .