समाज


कोरोना संक्रमणबाट काभ्रेका पत्रकार चौलागाईंको निधन

कोरोना संक्रमणबाट काभ्रेका पत्रकार चौलागाईंको निधन

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ६:२,

कोरोना संक्रमणपछि काठमाडौँको ओम अस्पतालमा उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको निधन भएको छ।

काभ्रे पोस्टका प्रधान सम्पादक रहेका चोलागाईंको शुक्रबार बिहान ४ बजे निधन भएको हो। उनी ५१ वर्षका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चौलगाइको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘काभ्रेका सक्रिय र प्रिय पत्रकार विष्णु चौलागाईको अकल्पनीय अवशान भएको थाहा पाएँ। दुःखद निधनको यो खबर पत्याउनै गा¥हो प¥यो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछु’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

नेपाल पत्रकार महासघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनले आफू स्तब्ध भएको बताएका छन्। ‘काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक अत्यन्तै मिहिनेती पत्रकार बिष्णु चौलागाईंको एकाएक निधनको खबरले स्तब्ध भएको छु। विष्णु चौलागाईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु, साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना’, सामाजिक सञ्जाल फेसबुकमा आचार्यले लेखेका छन्।

त्यस्तै पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

पत्रकार चौलागाई‌ंमा असोज २६ गते कोरोना पुष्टि भएको थियो भने कात्तिक १ गते काठमाडौँको ओम अस्पताल भर्ना गरिएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

यसअघि सोमबार पत्रकार गोपाल सिवाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनी हाम्रो संचार डटकमका पूर्व प्रधानसम्पादक थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad