समाज


गोली लोड गरेको पेस्तोलसहित २३ वर्षीय युवा पक्राउ

गोली लोड गरेको पेस्तोलसहित २३ वर्षीय युवा पक्राउ

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ५:२२,

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बाट हतियारसहित एक युवा पक्राउ परेका छन्। उनको साथबाट गोली लोड गरेको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

स्थानीय २३ वर्षीय टुमासिंह यादवलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सुराकीका आधारमा घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारेपछि यादवलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको आरोप छ। स्थानीयको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। उनको साथमा हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए।

पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad