समाज


प्रहरीले एक लाख रुपैयाँ रहेको झोला भेट्टायो

प्रहरीले एक लाख रुपैयाँ रहेको झोला भेट्टायो

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ४:५३,

कैलालीकाे टीकापुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीले भेट्टाएका एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

बिहीबार दिउँसो साढे ४ बजे टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका हुन्।

झोलाभित्र ९९ हजार ६४० रुपैयाँ, मोबाइल, एकजोर पाउजु र एटीएम कार्ड थिए।

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad