ad ad

समाज


ताइवानमा एक युद्धक विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

ताइवानमा एक युद्धक विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ६:४६,

एफ–५ई युद्धक विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार पाइलटको मृत्यु भएको एससीएमपीले जनाएको छ।

ताइतङ भन्ने क्षेत्रमा अभ्यास मिसनका क्रममा विमान दुर्घटनामा परेको बताइएको छ। स्थानीय समयअनुसार बिहान ७ बजेर २९ मिनेटमा उक्त फाइटर जेट चिहाङ एयरबेसबाट उडको थियो।

इन्जिनमा समस्या आएपछि विमान दुर्घटनामा परेको ताइवानको सेनाले जानकारी दिएको छ। ती मृतक पाइलटको नाम चु कुवान–मेङ भएको बताइएको छ।

A Taiwanese air force pilot has died after reporting a mechanical problem shortly after take-off on a training mission. Photo: CNA

पछिल्लो समय ताइवान र चीनबीचका भूराजनीतिक विवाद चर्को बन्दै गएको छ। ताइवान आफ्नो भएको दाबी गर्दै आएको चीनलाई ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताएपछि चीन रुष्ट छ।

हालै ताइवानले अमेरिकासँग हतियारहरु खरिद गर्ने सम्झौताहरु गरेको छ। जसका कारण चीन ताइवान अमेरिका दुवैसँग चिढिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .