ad ad

समाज


रोकिएन नागार्नो–काराबाख युद्ध, क्षेप्यास्त्र आक्रमण हुँदा अजरबैजानका २१ नागरिकको मृत्यु

रोकिएन नागार्नो–काराबाख युद्ध, क्षेप्यास्त्र आक्रमण हुँदा अजरबैजानका २१ नागरिकको मृत्यु

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ७:१०,

बुधबारमात्र क्षेप्यास्त्र आक्रमणमा परी अजरबैजानका २१ सर्वसाधारणको मृत्यु भएको छ। अजरबैजानले आर्मिनियाको सेनाले क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ।

यद्यपी आर्मिनियाले आफूले क्षेप्यास्त्र प्रहार नगरेको भन्दै आरोप झुठो भएको बताएको छ।

नागार्नो–काराबाख क्षेत्र आफ्नो भूमि भएको दुवै देशको दाबी छ। सोही दाबी द्वन्द्वमा परिणत भएको हो।

गत २७ सेप्टेम्बरबाट उक्त क्षेत्रमा युद्ध चलिरहेको छ। यसबीचमा दुवै देशले रुसको मध्यस्थतामा युद्धविरामको सम्झौता पनि गरेका थिए। तर सम्झौतालाई बिथोल्दै यतिबेला दुवै देशका सेना पुनः युद्धमा होमिएका हुन्।

पछिल्लो समयको द्वन्द्वमा दुवै देशका सयौं सेना र सयौं सर्वसाधारण मारिएका छन्।

नागोर्नो–काराबाख विवाद के हो?

नागोर्नो–काराबाख ४४ सय बर्ग किलोमिटरमा फैलिएको इलाका हो। यहाँ आर्मिनियाका इसाई र मुस्लिम तुर्क बसोबास गर्दछन्।

सोभियत संघको अस्तित्वको दौरान यस क्षेत्र अजरबैजान भित्रको एक स्वायत्त क्षेत्र बनेको थियो। अन्तर्राष्ट्रियस्तरमै यसलाई अजरबैजानको हिस्साको रुपमा चिनिन्छ। तर यहाँ अधिकतम रुपमा आर्मिनियाका नागरिक बस्छन्।

दुई देशले यस भूमिलाई आफ्नो भएको दाबी गर्दछन्। सन् १९८० देखि सन् १९९० मा यस क्षेत्रका लागि दुई देशबीच युद्ध नै भएको थियो। सो क्रममा ३० हजार मानिस मारिनुका साथै १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।

सन् १९९४ को युद्धविरामपछि पनि यहाँ गतिरोध जारी छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .