ad ad

समाज


कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फ्रान्समा फेरि डेढ महिनाका लागि देशव्यापी लकडाउन

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फ्रान्समा फेरि डेढ महिनाका लागि देशव्यापी लकडाउन

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ०:५८,

फ्रान्समा दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरिएको छ।

शुक्रबारबाट लागू हुने गरी त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोंले लकडाउन घोणा गरेका हुन्।

लकडाउन कम्तीमा नोभेम्बर भर रहने उनले बताएका छन्।

लकडाउन अवधिमा एकदमै जरुरी परे मात्र घरबाट बाहिर निस्किने अनुमति दिइनेछ।

रेस्टुरेन्ट एवं बारजस्ता अति आवश्यक नपर्ने व्यवसाय बन्द रहनेछन् भने स्कुल र उद्योगजस्ता गतिविधि खुलै राखिनेछ।

फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युदर अप्रिलयता सबैभन्दा उच्च भएको छ। मंगलबार मात्र त्यहाँ ३३ हजार जनामा कोरोना पुष्टि भएको बीबीसीले जनाएकाे छ।

राष्ट्रपति म्याक्रोंले भने, ‘कोरोना महामारीको दोस्रो लहर सुरु भएको छ, यो पहिलोभन्दा निकै खतरनाक हुनेमा शंका छैन।’

यसअघि फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन गरिएकाे थियाे। त्यो बेला दुई महिना लकडाउन लागू गरिएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .