समाज


वैशाखयता विपदका घटनाबाट ४६५ जनाको मृत्यु, ८१० घाइते

वैशाखयता विपदका घटनाबाट ४६५ जनाको मृत्यु, ८१० घाइते

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ९:२५,

दैवि प्रकोपका घटनाबाट वैशाखयता ४६५ जनाको मृत्यु भएको छ। हालसम्म १०१ जना वेपत्ता भएका छन् भने ८१० जना घाइते छन्।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन विभागका अनुसार सबैभन्दा बढी पहिरोबाट २९५ जनाको मृत्यु भएको छ। यस्तै, पहिरोमा परी ६४ जना वेपत्ता छन् भने २२३ जना घाइते भएका छन्।

चट्याङबाट ६५ जनाको मृत्यु भएको छ भने २१३ जना घाइते भएका छन्। बाढीबाट ४२ जनाको मृत्यु भएको छ भने ३७ जना बेपत्ता भएका छन् भने ११ घाइते छन्।

यसैगरी सर्पदंशबा २१ जनाको मृत्यु र ३८ जना घाइते छन्।

विभागले सार्वजनिक गरेको तथ्यांकमा आगलागी १३ जनाको ज्यान गएको छ भने १५४ जना घाइते भएका छन्। जनावरको आक्रमणबाट १४ को मृत्यु र ११५ घाइते भएका छन्।

त्यसैगरी अविरल वर्षाबाट १५ को मृत्यु र ५६ जना घाइते भएका छन्।

विपदका विभिन्न घटनाबाट हालसम्म दुई हजार तीन सय दुई वटा जनावरको मृत्यु भएको छ भने करिब ८६ करोड १० लाख ६८ हजार ८१० रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad