समाज


नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत नाघ्यो

नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत नाघ्यो

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार २३:३५,

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन्।

देशभर मंगलबार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णाली र सुदूपश्चिममा मंगलबार संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ।

४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कुल ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन्।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय ७६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad