काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जनामा कोरोना पुष्टि भएको हो।
आज देशभरमा ५७० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
66
Shares
प्रतिक्रिया