ad ad

समाज


अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ८:१४,

लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन्।

केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ।

अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्का छ। तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरू भएयता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्।

यसअघि एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए। त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ।

कतिपय देशहरुमा पछिल्लो समयमा फेरी सङ्क्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .