कञ्चनपुरको लालझाडी गाउँपालिकाले कारागारमा रहेका कैदीबन्दीलाई खसी उपलव्ध गराइएको छ।
कैदीबन्दीले खुसीसहित दसैं मानुन् भन्ने उद्देश्यले खसी कञ्चनपुर कारागारका कैदी बन्दीलाई खसी उपलब्ध गराइएको लालझाडी गाउँपालिका कार्यालयले जनाएको छ।
खसीसँंगै कैदीबन्दीलाई चिउरा र फलफूल पनि उपलब्ध गराइएको छ।
गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले दिने सिदाले नपुग्ने भएकाले कैदीबन्दीले पनि चाडपर्वमा मीठोमसिनो खाऊँन भन्ने उद्देश्यले खसी उपलब्ध गराइएको जानकारी दिए।
त्यसैगरी कांग्रेस नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवानसिंह विष्टले पनि कञ्चनपुर कारागारमै पुगेर कैदीबन्दीलाई खसी प्रदान गरेका छन्। कञ्चपुर कारागारमा तीन सयभन्दा धेरै कैदीबन्दी छन्।
प्रतिक्रिया