ad ad

समाज


घरकै छेउमा भालुको आक्रमण, एक जना गम्भीर घाइते

घरकै छेउमा भालुको आक्रमण, एक जना गम्भीर घाइते

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ३:३३,

सर्लाहीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।

घर नजिकै भालुले आक्रमण गर्दा लालबन्दी १३ नारायणडाँडा निवासी ४६ वर्षीय गणेशबहादुर आले गम्भीर घाइते भएका हुन्। उनलाई उपचारका लागि रातिनै वीरगञ्ज लगिएको सर्लाही प्रहरीले जनाएको छ।

शुक्रबार साँझ घर नजिकै जंगलमा आलेलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

भालुको आक्रमणबाट आलेको खुट्टा, टाउ र छातीमासमेत गहिरो घाउ लागेको छ। घाइते आलेलाई लालबन्दीमा रहेको टेक्सस अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको छ।

गाउँ वरपर जंगल बढेकाले सर्लाहीका विभिन्न ठाउँमा जंगली जनावरको संख्या पनि बढ्न थालेको छ। जंगली जनावरले बालीनाली खाइदिँदा किसान मर्कामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .