समाज


दाह्री पालेकै कारण भारतमा सब-इन्सपेक्टरमाथि कारबाही, पीडित भन्छन्- न्यायको लागि अब अदालत जान्छु

दाह्री पालेकै कारण भारतमा सब-इन्सपेक्टरमाथि कारबाही, पीडित भन्छन्- न्यायको लागि अब अदालत जान्छु

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १:२०,

भारतको उत्तर प्रदेशमा दाह्री पालेको कारण एक जना मुसलमान प्रहरीलाई जागीरबाट निलम्बन गरिएको छ।

उत्तर प्रदेशको बागपतमा कार्यरत प्रहरी सब-इन्सपेक्टर इंतेसार अलीलाई दाह्री पालेकै कारण निलम्बन गरिएको हो।

अलीले बिना अनुमति दाह्री पालेर अनुशासनहीन काम गरेको कारण उनलाई निलम्बन गरिएको त्यहाँका प्रहरी अधिकारी अभिषेक सिंहले बताएका छन्। ‘यदि उनी यो कारबाही चित्त नबुझे अदालत जान सक्छन्,’ सिंहले भने।

तर निलम्बनमा परेका प्रहरीका सब इन्सपेक्टर अलीले भने आफूले दाह्री पाल्नको लागि गएको नोभेम्बरमा अनुमति माग्दा पनि नपाएको गुनासो गरेका छन्। ‘दाह्री पाल्नको लागि मैले अनुमति माग्दा पनि पाइँन, ममाथि गरिएको कारबाही विरुद्ध म अब अदालत जान्छु,’ उनले भने।

दाह्री पालेकै कारण प्रहरीमाथि भएको कारबाहीको विषयले यतिबेला उत्तर प्रदेशमा चर्चा पाएको छ। सामाजिक सञ्जालमा हिन्दू धर्मबाट प्रेरित भएर मुसलमान प्रहरीमाथि कारबाही गरिएको भन्दै विरोधसमेत सुरु भएको छ। बिबिसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad