इन्डियन प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा राजस्थान रोयल्समाथि सनराइजर्स हैदरावादले ८ विकेटको जित हात पार्यो।
मनिष पाण्डेले बिस्फोटक ब्याटिङ गरेपछि राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदरावादले १८.१ ओभरमै २ विकेट गुमाएर भेट्टाएको थियो।
सनराइजर्सको जितको हिरो मनिषले ४७ बलमा ८ छक्का र ४ चौकासहित नटआउट ८३ रनको पारी खेले। यस्तै विजय शंकरले ५२ रन बनाउँदै उनलाई साथ दिए।
दुबैले तेस्रो विकेटका लागि १४० रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका थिए। त्यसअघि डेविड वार्नर ४ तथा जोनी बेयरेस्ट्रो १० रनमै पवेलियन फर्केका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन जोडेको थियो।
उसका बेन स्टोक्सले ३०, सन्जु सामसनले ३६, रियान परागले २०, स्टिभ स्मिथ र रोबिन उथाप्पाले समान १९–१९ रन जोड्नुभएको थियो।
जितसँगै हैदरावाद अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १० खेलमा ४ जितसहित हैदरवादको ८ अंक छ।
राजस्थानको भने यो सातौं हार हो। ११ खेलमा ८ अं जोडेको राजस्थान सातौं स्थानमा छ।

प्रतिक्रिया