समाज


कोरोना संक्रमणका कारण मात्र गन्ध थाहा नपाउने समस्या हुने होइन रहेछ!

कोरोना संक्रमणका कारण मात्र गन्ध थाहा नपाउने समस्या हुने होइन रहेछ!

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १:२०,

कोरोना संक्रमणका विभिन्न लक्षणमध्ये गन्ध थाहा पाउन नसक्नुलाई पनि एक मानिएको छ।

यसैकारण अहिले पक्कै तपाईं हामी यस्तो समस्या हुनेबित्तिकै कोरोना संक्रमण भयो कि भनेर शंका गर्छाैं।

तर विश्वमा यस्ता समस्या भएका मानिस थुप्रै छन्, जसलाई कोरोना संक्रमण भएको होइन।

बीबीसीका अनुसार यसैमध्येकी एक हुन्, अमेरिकाको एरिजोनास्थित फोनिक्स सहर निवासी ३८ वर्षीया यज्मिन सालाजार। जो गन्ध थाहा पाउँदिनन्।

उनलाई कुनै पनि चिजको गन्ध उनका श्रीमानले बताइदिने गरेका छन्। उनी भन्छिन्, ‘श्रीमान् नै मेरा नाक हुन्।’

कक्षा २ मा पुगेपछि उनलाई आफ्नो यो समस्याबारे थाहा भएको थियो।

विज्ञका अनुसार उनको समस्यालाई ‘एनोस्मिया’ भनिन्छ।

संसारमा यस्तो समस्याबाट पीडित कति छन्?
विज्ञका अनुसार विश्व जनसंख्याको झन्डै ५ प्रतिशत व्यक्ति यस्तो समस्याबाट पीडित रहेको अनुमान छ।

बेलायतस्थित संस्था एब्सेन्टकी कार्यकारी निर्देशक सारा ओक्ले भन्छिन्, ‘जसले सुँघ्ने शक्ति गुमाउँछन्, उनीहरू डिप्रेसनको सिकार हुने खतरा बढी हुन्छ।’

उनको संस्थाले ‘एनोस्मिया’बारे जनचेतना जगाउने काम गर्छ।

यो समस्या हुने आम कारणमा रुघाखोकी र पिनासजस्ता संक्रमण पर्छन्। साथै टाउकोमा आघात, टाउको र घाँटीको क्यान्सरको रेडिएसन उपचार, औषधिको दुरुपयोग, धूमपान, पार्किन्सन र अल्जाइमर्सजस्ता रोगले पनि यस्तो समस्या गराउने विज्ञ बताउँछन्।

विज्ञका अनुसार यो उमेरबढेसँगै आउने अवस्था पनि हो।

‘सम्भवतः तपाईंको उमेरसँगै सुँघ्ने शक्तिमा ह्रास पनि आउँछ भन्ने कुरा कम थाहा पाइएको विषय हो,’ सारा ओक्ले भन्छिन्।

उनका अनुसार ७५ वर्षमाथिका करिब ३० प्रतिशत मानिस एनोस्मियाग्रस्त हुन्छन् भन्ने अनुमान छ। बीबीसी

याे पनिवैज्ञानिकले पत्ता लगाए नयाँ तरिका : मुख कुल्ला गर्नुस्, कोरोना मार्नुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad