ad ad

समाज


कोरोना निको भइसकेपछि पनि लामो समय यस्ता गम्भीर समस्या : अक्सफोर्ड अनुसन्धान

कोरोना निको भइसकेपछि पनि लामो समय यस्ता गम्भीर समस्या : अक्सफोर्ड अनुसन्धान

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १:५४,

कोरोना संक्रमण निको भइसकेपछि पनि धेरै महिनासम्म भाइरसको असर देखिने एक अध्ययनले देखाएको छ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले संक्रमणमुक्त भएकामध्ये ६४ प्रतिशत मानिसमा सास फेर्न गाह्रो हुने तथा ५५ प्रतिशत व्यक्तिमा थकान महसुस हुने समस्या हुने गरेकाे पत्ता लगाएकाे हाे।

६० प्रतिशत संक्रमितमा फोक्सोको समस्या
यस्तै कोरोनाबाट मुक्त भइसकेर पनि धेरैजसोको फोक्सोले राम्रोसँग काम नगरेको अनुसन्धानले देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार एमआरआई गरेर हेर्दा ६० प्रतिशत व्यक्तिको फोक्सो असामान्य पाइएको हो।

यस्तै २९ प्रतिशत संक्रमितको मिर्गाैलामा समस्या देखियो भने २६ प्रतिशतमा मुटु र १० प्रतिशत मानिसमा कलेजोमा समस्या देखियो।

५५ प्रतिशत संक्रमितलाई थकानको समस्या
संक्रमण मुक्त भइसकेपछि पनि ५५ प्रतिशत मानिसमा थकानको समस्या भइरहेको पाइएको छ।

अक्सफोर्ड युनिभर्सिटीको रेडक्लिफ डिपार्टमेन्ट अफ मेडिसिनका डाक्टर ब्याटी रमन भन्छन्, ‘तथ्यांकले के देखाउँछ भने संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्य जाँच आवश्यक छ। अस्पतालबाट डिस्चार्ज भइसकेपछि पनि स्वास्थ्य निगरानीका लागि एक विधि विकास गर्नुपर्ने देखिन्छ।’

दीर्घ कोभिड पनि देखियो
गत हप्ता बेलायतको ‘नेसनल इन्स्टिच्युट फर हेल्थ’ले गरेको अनुसन्धानका क्रममा दीर्घ कोभिडको समस्या पनि देखिएको छ।

संक्रमित निको भइसकेपछि पनि पहिलेजस्तो स्वस्थ महसुस गर्न सक्दैन। शरीरका विभिन्न भागमा कोरोनाको प्रभाव लामो समय देखिने अनुसन्धानकर्ता बताउँछन्।

स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .