ad ad

समाज


भारतीय सेनामा किन हुँदैछ यस्तो? हृदयाघातकै कारण एक महिनामा ६ कर्णेलको मृत्यु

भारतीय सेनामा किन हुँदैछ यस्तो? हृदयाघातकै कारण एक महिनामा ६ कर्णेलको मृत्यु

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ०:४३,

भारतीय सेनाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गत सेप्टेम्बर महिनामा मात्रै हृदयाघातले कर्णेलस्तरका कम्तीमा ६ सैनिक अधिकारीको मृत्यु भएको हो। जो ४०–४५ वर्षका थिए।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार पछिल्ला केही वर्षयता भारतका विभिन्न स्थानमा यस्तै घटना भइरहेका छन्। यसले भारतीय सेनाको जीवनको गुणस्तर राम्रो छैन भन्ने देखाएको छ।

एक प्रतिवेदनअनुसार भारतले हरेक वर्ष झन्डै १६ सय सैनिक युद्धका कारण होइन, अन्य कारणले गुमाइरहेको छ।

सुरक्षाकर्मीको जीवनमा तनाव त भइरहन्छ, तर यसअघि कहिले यो समस्या यति ठूलो विषय बनेको थिएन।

सेनामा तनावको कुनै नकारात्मक असर परेको थिएन, जसले गर्दा सुरक्षा संयन्त्र जहिले बलियो थियो। तर अहिले अवस्था बदलिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन‍्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .