कैलालीमा तीनदिनदेखि हराइरहेका प्रहरी जवान रामबहादुर साउदको पनि मृत फेला परेका छन्।
यसअघि उनीसँगै गस्तीमा गएका प्रहरी सहायक निरीक्षक गोबिन्द बिकको शव मोहना नदीमा फेला परेको थियो।
असई बिकको शवभन्दा २ सय मिटर पश्चिममा नदीमै जवान साउदको शव मंगलबार बिहान फेला परेको सूदुरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।
शनिबार राति मोटरसाइकलमा गस्ती गएका दुई जना सम्पर्कबिहिन भएपछि प्रहरीले खोजिकार्य तिब्र बनाएको थियो।
असईको शव आइतबार बिहानै फेला परेपनि जवान बेपत्ता थिए।
उनीहरुको हत्या आशंकामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
याे पनि:
- कैलाली घटना : असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ, बेपत्ता जवान खोज्न गोताखोर परिचालन
प्रतिक्रिया