समाज


दोस्रोपटक कोरोना संक्रमण भएपछि मृत्यु हुने पहिलो व्यक्ति बनिन् यि महिला...

दोस्रोपटक कोरोना संक्रमण भएपछि मृत्यु हुने पहिलो व्यक्ति बनिन् यि महिला...

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ११:२९,

८९ वर्षकी वृद्धा महिलाको दोस्रो संक्रमणपछि मृत्यु भएको सीएनएनले जनाएको छ।

दोस्रोपटक कोरोना संक्रमण भएपछि मृत्यु हुने पहिलो व्यक्ति यि महिला नै भएको समाचारमा उल्लेख गरिएको छ।

पहिलोपटक कोरोना संक्रमण हुँदा उनी स्वस्थ भएर घर फर्किएकी थिइन्। त्यसबेला उनलाई सास फेर्न गाह्रो भएको थियो।

पाँच दिनमै उनी घर फर्किएकी थिइन्। यद्यपी बोनम्यारो क्यान्सरले ग्रस्त उनी फेरि संक्रमित हुन पुगिन्।

दोस्रोपटक कोरोना पोजिटिभ देखिएकी उनको अन्ततः हालै कोरोनाकै कारण मृत्यु भयो।

यसअघि विज्ञहरुले एकपटक कोरोना लागेपछि निको भएकालाई दोस्रोपटक संक्रमण हुने खतरा अत्यन्त न्यून हुने बताएका थिए।

कोरोना लागेपनि कोरोनाविरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकास भएका हुनाले गम्भीर बिरामी पर्ने सम्भावना नहुने बताइएको थियो।

तर पछिल्ला घटनाक्रमले दोस्रोपटक कोरोना संक्रमण हुने र त्यसले जटिल अवस्था निम्त्याउनसक्ने देखाएको छ।

हालै ल्यानसेट जर्नलमा प्रकाशित एक अध्ययनले कोरोना लागेर निको भएका व्यक्तिलाई पनि कोरोना लाग्ने र त्यो गम्भीर हुने सम्भावना भएकाले सजग रहन सुझाव दिएको थियो।

यसअघि पहिलोपटक हङकङका एक नागरिकमा दोस्रोपटक कोरोना संक्रमण भएको थियो। त्यसपछि लगातार दोस्रोपटक संक्रमण भएका समाचारहरु आइरहेका छन्।

यसबीचमा दोस्रो संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको खबर आएको हो।

यो पनिः अमेरिकी युवा दुईपटक कोरोना संक्रमित बने, दोस्रोपटक गम्भीर बिरामी परे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad