कारोबार


कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ११:२१,

कृषि विकास बैंक लिमिटेडले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ।

कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।

खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन्। खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन्। 

यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ। ग्राहकहरूले डिजिटल डिजिटल बैंकिङमा अझ धेरै सुविधा पाउने बैंकले जनाएको छ। 

सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ। यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले इ–बैंकिङ मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन्। 

खल्ती सन् २०१७ जनवरीमा सुरू भएको नेपालको उदाउँदो मोबाइल भुक्तानी सेवा प्रदायक हो। यसबाट विभिन्न उपयोगिता बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिङ, चलचित्र टिकट बुकिङ, विभिन्न कार्यक्रमको टिकट बुकिङ, होटल बुकिङ, अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका सथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल तिर्न सकिन्छ। खल्ती नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक हो। खल्तीको प्रयोग गरेर नियमित रूपमा १० लाखभन्दा बढी व्यक्तिले विभिन्न बिल भुक्तानी गर्दैआएका छन्। 

खल्ती कसरी डाउनलोड गर्ने?
खल्तीको मोबाइल एप एन्ड्रोइड प्लेटफर्ममा प्ले स्टोर, एप्लका डिभाइसहरूमा एप स्टोर र (लिंक) बाट डाउनलोड गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad