काठमाडौंकाे बूढानीलकण्ठ नगरपालिकामा आइतबार मात्रै ४८ कोरोना संक्रमित थपिएका छन्।
थपिएकामध्ये आधा संक्रमित मानिस वडा नम्बर १० कपनका बासिन्दा हुन्।
आइतबार सो वडामा २४ जना संक्रमित थपिएको नगरपालिकाले जनाएको छ। त्यसैगरी वडा नम्बर १२ फैकामा ८ जना, वडा नम्बर ८ गोल्फुटारमा ५ नयाँ संक्रमित थपिएका हुन्।
वडा नम्बर १ मा तीन, वडा नम्बर ४, ६ र ११ मा दुई-दुई जना तथा वडा नम्बर २ र ९ मा एक-एक जना थपिएको नगरपालिकाले जनाएको छ। बूढानीलकण्ठ नगरपालिकाभित्र हाल ४ सय ५३ जना संक्रिय संक्रमित छन्।
जसमध्ये ३ सय ९९ जना होम आइसोलेसनमा र ५४ जना विभिन्न अस्पतालमा उपचारत छन्।
नगरपालिकाभित्रका १ हजार ३ सय १२ संक्रमितमध्ये ८ सय ५१ जना निको भएका छन्। निको हुनेको प्रतिशत ६५ छ।

प्रतिक्रिया