ad ad

समाज


एकल पुरूषलाई पनि गाउँपालिकाको मासिक पाँच सय भत्ता

एकल पुरूषलाई पनि गाउँपालिकाको मासिक पाँच सय भत्ता

नेपालखबर
कात्तिक २, २०७७ आइतबार २:२२,

ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ।

तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाले भने एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ।

गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्षबाट ५०० का दरले मासिक भत्ता दिन थालेको हो।

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेका कारण भत्ता दिइएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। ‘उनीहरुको आर्थिक अवस्थामा थोरै भए पनि राहत पुगोस् भन्नका लागि भत्ता दिन सुरु गरेका हौँ,’ उनले भने।

गाउँपालिकाभरिका २८ एकल पुरुषले गत आर्थिक वर्षदेखि निरन्तर एकल पुरुष भत्ता पाइरहेका छन्।

गाउँपालिकाको वडा नं १ का दुई, २ का तीन, ३ का नौ, ४ का तीन, ५ का पाँच र ६ का छ जना एकल पुरुषले भत्ता पाउँदै आएका छन्। गाउँपालिकाले भत्ता दिन थालेपछि एकल पुरुष पनि खुशी छन्।

अपिहिमाल गाउँपालिका–४ का करवीरसिंह ठेकरेले भने, ‘गाउँपालिकाले मासिक पाँच सय भत्ता दिएपछि साबुन, नुन, तेल किन्न सहज भएको छ। अझै यो रकम थप गरिदिए हामी एकल पुरुषलाई पनि थप सहज हुने थियो।’

गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमसमेत निर्माण गरेको छ।स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलालाई गाउँपालिकाको तर्फबाट एक हजार प्रोत्साहन भत्ता दिने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .