ad ad

समाज


गुल्मीकी महिलाले अस्ट्रियामा गरिन् आफ्ना ३ छोराछोरीको हत्या

गुल्मीकी महिलाले अस्ट्रियामा गरिन् आफ्ना ३ छोराछोरीको हत्या

नेपालखबर
कात्तिक २, २०७७ आइतबार २:४४,

अस्ट्रियामा एक नेपाली महिलाले आफ्ना ससाना तीन छोराछोरीको हत्या गरेकी छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अस्ट्रियाको भियना निवासी ती ३१ वर्षीया महिलाले शनिबार बिहान ८ महिनाका छोरा, ३ वर्ष र ९ वर्षका दुई छोरीको हत्या गरेकी हुन्।

जेठी छोरीलाई जीवितै फेला पारेर अस्पताल लगिए पनि उनको मृत्यु भएको त्यहाँकाे प्रहरीले जनाएकाे छ। ती महिलालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समय बुटवल बस्ने गरेकाे र त्यसपछि अस्ट्रिया गएको बताइ पनि उनकाे नाम सार्वजनिक भइसकेकाे छैन। 

उनका पति पनि भियनामै बस्छन्। तर उनीहरूबीच झगडा भएकाले अलग-अलग बस्ने गरेका थिए।

छोराछोरीको हत्या गरेपछि ती महिला आफैंले प्रहरीलाई खबर गरेकी थिइन्। हत्यापछि उनले आफूलाई पनि चक्कु प्रहार गरेकी थिइन्। तर फाेन गरेकाले प्रहरी तत्कालै पुगेकाे र उनको अवस्था गम्भीर नभएकाले नियन्त्रणमा लिएको बेलायती अनलाइन पत्रिका मिररले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .