ad ad

समाज


गण्डकीमा थप ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५ सय ४७ पुग्यो

गण्डकीमा थप ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५ सय ४७ पुग्यो

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ५:५०,

गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुनिबार बिहान उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५४७ पुगेको छ।

शनिबार्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका ३०, नबलपरासी पूर्व ५ गोरखाका ९, तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको हो। गोरखाका संक्रमितमा तीन जना नेपाल प्रहरी र १ जना नेपाली सेनामा कार्यरत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .