ad ad

समाज


कोरोना संक्रमणबाट चितवनमा अर्का जनप्रतिनिधिको पनि मृत्यु

कोरोना संक्रमणबाट चितवनमा अर्का जनप्रतिनिधिको पनि मृत्यु

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ५:७,

चितवनको खैरहनी नगरपालिका १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

पाण्डेमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो। उनी क्यान्सर रोगबाटसमेत पीडित रहेका पौडेलले बताए।

होम आईसोलेसनमा बस्दै आएका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय उनलाई खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। पाण्डेमा क्यान्सरको तेस्रो केमो चलिरहेको थियो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको हो। उनीनेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए।

काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन्। यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .