ad ad

समाज


चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको नियन्त्रणमा

चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको नियन्त्रणमा

प्रकाश न्यौपाने
असोज ३०, २०७७ शुक्रबार १०:५६,

घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।

उनी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हुन्। अख्तियारले सहानीकी श्रीमती निर्मला केवटलाई पनि पक्राउ गरेको छ।

शुक्रबार सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल नजिकबाट सहानी दम्पत्तिलाई ४ लाख रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

हवल्दार सहानीले एक सेवाग्राहीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घूस रकम लिएका थिए। उनीहरुले घूस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .