ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय भुक्तानीलाई प्रभावकारी बनाउने

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय भुक्तानीलाई प्रभावकारी बनाउने

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १०:४५,

राष्ट्रिय वाणिज्य बैंकले आउदो दशैँ एवं तिहारलगायतको पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने भएको छ।

उक्त प्रयोजनको लागि वाणिज्य बैंककै प्वाइन्ट आफ सेल (पीओएस)को माध्यमबाट भुक्तानी सेवा सुरु गरिएको छ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै पीओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुनेछ।

विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुनसक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .