ad ad

समाज


ट्विटरमा प्राबिधिक गडबडी हुँदा ५५ हजार प्रयोगकर्ता प्रभावित

ट्विटरमा प्राबिधिक गडबडी हुँदा ५५ हजार प्रयोगकर्ता प्रभावित

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ५:१०,

सामाजिक सञ्जाल ट्विटरमा करिब डेढ घण्टा प्राबिधिक समस्या उत्पन्न भएको छ।

ट्विटरको आन्तरिक प्रणालीमा फेरबदल गर्दा डेढ घण्टाजति समस्या उत्पन्न हुँदा धेरै प्रयोगकर्ताहरुले समस्या झेल्नुपरेको कम्पनीले जनाएको छ।

सो प्राबिधिक गडबडि समाधान भएको र अब ट्विटर विस्तारै केहि घण्टाभित्रै सामान्यरुपमा सञ्चालन हुने ट्विटर इन्कले जनाएको छ।

अहिलेसम्म यसको सेक्युरिटी प्रणालीमा हस्तक्षेप वा ह्याकिङ भएका प्रमाण नपाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ।

सो प्राबिधिक गडबडिका कारण अहिलेसम्म ५५ हजार प्रयोगकर्ताले समस्या झेलेका छन्।

गत जुलाईमा भने ट्विटरको सिस्टममै ह्याक गरी यसको आन्तरिक प्रणालीको सेकुरिटी सिस्टममै हस्तक्षेप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .