ad ad

समाज


मदिराले लठ्ठ भएकी महिला डेढ वर्षीय छोरोसहित राप्तीमा फाल हानिन्

मदिराले लठ्ठ भएकी महिला डेढ वर्षीय छोरोसहित राप्तीमा फाल हानिन्

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ५:९,

चितवनकी एक महिलाले डेढ वर्षीय छोरोसहित राप्ती नदीमा फाल हानेकी छन्।

नदीमा डुब्दा छोरोको मृत्यु भएको छ भने आमालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर महानगरपालिका २२ पटिहानीकी ३५ वर्षीया हेमन्ती बोटे छोरोसहित नदिमा हेलिएकी हुन्। उद्धारपछि प्रहरीले हेमन्तीलाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय गितानगरको टोलीले आमाछोराको खोजी सुरु गरेको थियो।

आमालाई फाल हानेको स्थान नजिकैबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उनका डेढ वर्षको छोरो शव करिब २ किलोमिटर तल मेजरघाटमा फेला परेको छ।

उनले छोरासहित आत्महत्या गर्न खोज्नुको कारण खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .