समाज


भारतमा प्रहरी अधिकारीसहितकाे बैठकमा अचानक गोली चल्याे

भारतमा प्रहरी अधिकारीसहितकाे बैठकमा अचानक गोली चल्याे

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ०:१४,

भारतको उत्तर प्रदेशअन्तर्गत बलिया जिल्लाको दुर्जनपुर गाउँमा प्रहरी अधिकृतसहित उच्चस्तरका अधिकारीसहितकाे बैठक भइरहेका बेला अचानक गोली चलाइएकाे छ। गाेली लागेर एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार राशन कोटा निर्धारणका लागि भइरहेकाे बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका हुन्। गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर छ। 

गाेली चलाउने व्यक्ति भने तत्काल भागेकाले उसको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएकाे छ।

घटनापछि उत्तर प्रदेश सरकारले स्थानीय रेवती पुलिस स्टेसन क्षेत्रका एसडीएम र पुलिस अफिसरलगायत धेरै प्रहरीलाई निलम्बन गरेको छ।

बलियाका प्रहरी अधिकारी देवेन्द्रनाथले बीबीसीसँग भने, ‘दुर्जनपुर गाउँमा सरकारी कोटाको पसल छनाेटको प्रक्रिया चलिरहेको थियो। दुई पक्षीय सहायता टाेलीका प्रतिनिधि पनि थिए। एउटा पक्षले धीरेन्द्रप्रताप सिंह उर्फ डब्ल्युलाई समर्थन गरेको थियो। यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी थियो। त्यही बेला अचानक गोली चल्यो। त्यसपछि छनाेट प्रक्रिया राेकिएकाे छ।’

उनका अनुसार धीरेन्द्रप्रताप सिंहले गोली चलाएका हुन्। गाेली लागेर जयप्रकाश उर्फ गामा पाल गम्भीर घाइते भएका थिए। अस्पताल लैजाँदै गर्दा बाटोमा उनकाे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेकाे र कार्बाही प्रक्रिया अघि बढाइने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad