ad ad

समाज


बिरामी पत्नीलाई अस्पतालमै छाडेर एक वर्षदेखि पति बेपत्ता

बिरामी पत्नीलाई अस्पतालमै छाडेर एक वर्षदेखि पति बेपत्ता

नेपालखबर
असोज २९, २०७७ बिहिबार २:२९,

उदयपुर सदरमुकाम गाईघाट बजारमा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय चुडामणि फुँयाल आफ्नी बिरामी पत्नीलाई अस्पतालमै छाडेर एक वर्षदेखि बेपत्ता भएका छन्। उनी झापा दमक नगरपालिका ९ का स्थायी बासिन्दा हुन्।

एक वर्षअघि पत्नी अनितालाई गाईघाट जिल्ला अस्पतालमा भर्ना गरेर उनी बेपत्ता भएका पीडितका बाबु काशीनाथ बरालले बताए।

उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसी निवासी बरालले छोरीलाई उपचार नगरी ज्वाइँ बेपत्ता भएकाले बाध्य भएर आफूले छोरीको उपचार गर्नुपरेको गुनासो गरे।

‘छोरी-ज्वाइँ झापाबाट गाईघाट आएर होटल खोले, त्यसपछि ज्वाइँले छोरीमाथि बारम्बार कुटपिट र अपहेलना गर्न थालेछन्,’ उनले भने, ‘छोरी सख्त बिरामी भएपछि उपचार नै नगरी ज्वाइँ बेपत्ता भए। एक वर्ष भयो, अझै फर्किएका छैनन्।’

अनिताको आन्द्रामा घाउ भएको चिकित्सकले बताएका छन्। अहिलेसम्म उनको उपचारमा १२ लाखभन्दा बढी खर्च भइसकेको छ। छोरीलाई अलपत्र पार्ने ज्वाइँको खोजी गरी कानुनी कारबाही गर्न काँसीनाथले आग्रह गरे। उनीहरूका १२ वर्षका एक छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .