रामेलु लुकाकुले दोहोरो गोल गरेपछि फिफा विश्व नम्बर एकमा रहेको बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको छ।
इन्टर मिलानका स्ट्राइकर लुकाकुले पहिलो हाफमै दुई गोल गरेका थिए। खेलको नवौं र ३८ मिनेटमा लुकाकुले गोल गरेका थियो।
योसँगै उनले बेल्जियमका लागि ५५ औं गोल समेत पूरा गरेका छन।
विर्कि सियाभर्सनले १७ औं मिनेटमा खेल बराबरी ल्याएका थिए। तर लुकाकुले दोस्रो गोल गर्दै खेल बेल्जियमको पक्षमा पारे।
जितसँगै बेल्जियम नेसन्स लिगको समूह ए टूको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतिक्रिया