समाज


काठमाडौँमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौँमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

नेपालखबर
साउन १, २०८३ शुक्रबार १८:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिका-४ महाराजगञ्जस्थित कतार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६डीडी६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

सबै घाइतेको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ।

घाइते हुनेहरू:
१) जिल्ला बाँके घर भई हाल जि. काठमाडौँ मनमैजु बस्ने वर्ष अन्दाजी १५ की सिवानी शाही, बायाँ खुट्टा र मुखमा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

२) जिल्ला बाँके घर भई हाल जि. काठमाडौँ मनमैजु बस्ने निजको भाइ वर्ष अन्दाजी १० का बालक सुशान्त शाही, बायाँ कान र दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

३) बा ७३ ज ३७२३ नं. मोटरसाइकल चालक जिल्ला सर्लाही घर भई हाल जिल्ला ललितपुर ग्वार्को बस्ने वर्ष अन्दाजी ३४ का बिकी शाहा, बायाँ खुट्टा र बायाँ हातमा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

४) बा २ ज ३५७८ नं. को ट्याक्सी चालक जिल्ला रामेछाप घर भई हाल जिल्ला भक्तपुर बस्ने वर्ष अन्दाजी ४१ का उर्जा लामा, दायाँ घुँडा र बायाँ हातमा चोट।

५) जि. काठमाडौँ, महानगरपालिका–३ बसुन्धारा बस्ने वर्ष अन्दाजी ६५ की कुन्तिमाया लिम्बू, टाउको र दायाँ हातमा चोट, अवस्था गम्भीर।

६) बा.प्र.–०२–०६८ प १०५६ नं. को मोटरसाइकल चालक जिल्ला सर्लाही घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष अन्दाजी १८ का निउजित शाह, दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

७) जिल्ला तेह्रथुम घर भई हाल जि. काठमाडौँ बसुन्धारा बस्ने वर्ष अन्दाजी ५७ की विष्णुमाया खापुङ।

८) जिल्ला उदयपुर घर भई हाल जि. काठमाडौँ थानकोट बस्ने वर्ष अन्दाजी २५ की पार्वती तामाङ, टाउको र दायाँ हातमा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

९) लु ११ प ४९७५ नं. पल्सर मोटरसाइकल चालक जिल्ला उदयपुर घर भई हाल जि. काठमाडौँ बस्ने वर्ष अन्दाजी २५ का बिनोद थापा मगर, दायाँ खुट्टामा चोट, अवस्था बोल्न सक्ने (मध्यम)।

१०) जिल्ला नवलपुर घर भई हाल जि. काठमाडौँ गोलढुङ्गा बस्ने वर्ष अन्दाजी २२ का जीवन राना मगर, दायाँ खुट्टामा चोट, अवस्था सामान्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad