ad ad

समाज


गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट, प्रहरीसहित १४ जना घाइते

गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट, प्रहरीसहित १४ जना घाइते

नेपालखबर
असोज २९, २०७७ बिहिबार १:३७,

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ।

असन्तुष्ट पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको हो। ढुंगाले टाउकोमा लाग्दा अध्यक्ष विष्ट घाइते भएका प्रहरीले जनाएको छ।

सुर्नया गाउँपालिकाको केन्द्र हालको ठाउँबाट पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि कार्यालयमा तालाबन्दी गरेका थिए। केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ।

झडपमा ५ जना प्रहरी र असन्तुष्ट पक्षका ६ जना घाइते भएका छन्। अध्यक्ष बिष्टसँगै रहेका अन्य तीनजना पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए। घाइते सबैको अवस्था सामान्य छ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने निर्णय गाउँकार्यपालिकाले गत वर्ष नै गरेको थियो। तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ। त्यस्तै सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ।

सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .