ad ad

खेल


दिल्लीको घातक बलिङ सामु राजस्थान परास्त, शीर्षमा दिल्ली

दिल्लीको घातक बलिङ सामु राजस्थान परास्त, शीर्षमा दिल्ली

नेपालखबर
असोज २९, २०७७ बिहिबार १:४१,

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ।

शिखर धवन(५७) र श्रेयस ऐय्यर(५३)को अर्धशतकीय पारीसँगै यी दुबैले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरेपछि दिल्लीले राजस्थानलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो।

जवाफमा राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनाउँन सक्यो। यो जितसँगै दिल्लीले १२ अंक जोड्दै अंकतालिकाको शीर्षमा स्थान बनाएको छ।

अन्तिम पाँच विकेटमा दिल्लीका बलरले घातक बलिङ गरेपछि ५ विकेट बाँकी रहँदा पनि राजस्थानका ब्याट्सम्यानले जितका लागि आवश्यक ३९ रन पनि बनाउँन सकेनन।

दिल्लीका बलरले अन्तिम ५ ओभरमा ३ विकेट लिएर २५ रनमात्रै दिए।

दिल्लीका शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ तथा ऐय्यरले ४३ बलमा ३ चौका र दुई छक्कासहित ५३ रन जोडे।

राजस्थानका जेफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चिएर ३ तथा जयदेव उनादक्तले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए।

राजस्थानका बेन स्टोक्सले सर्बाधिक ४१ रन जोडे। उनले ३५ बलमा ६ चौका प्रहार गरे। यस्तै सन्जु सामसनले १८ बलमा २५ र रोविन उथाप्पाले २७ बलमा ३२ रन जोडे।

बलिङमा दिल्लीका तुषार देशपान्डे र एनरिच नोर्टजेले समान दुई दुई र कसिगो राबाडा, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक एक विकेट लिए।

यस खेलमा पनि दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई मौका दिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .