समाज


चेपाङ युवामाथि कुटपिटपछि मृत्यु प्रकरण : सेनाका हुद्दा थुनामा

चेपाङ युवामाथि कुटपिटपछि मृत्यु प्रकरण : सेनाका हुद्दा थुनामा

नेपालखबर
असोज २७, २०७७ मंगलबार १५:५६,

जिल्ला अदालत चितवनले कुटपिटपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।

अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो।

राप्ती नगरपालिका वडा नं. २ का २४ वर्षका राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो। घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो।

मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो। राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए।

सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन्।

छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए। मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad