जिल्ला प्रशासन कार्यालय काठमाडौंका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ।
संक्रमणको थप जोखिम बढ्न नदिनका लागि भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्रशासनले नियमित सेवा बन्द गरेको हो।
बुधबारदेखि शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनका काम मात्रै हुने छन्। अन्य सेवा बन्द हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
नागरिकता वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नावालिग परिचय पत्र लगायत अन्य अत्यावश्यक नभएका सेवाहरु बन्द गरिएको छ।
अत्यावश्यक सेवाका लागि आउँदा पनि स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले भनेको छ। रुघाखोकी लागेका विरामीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ।ब्ब
Shares

प्रतिक्रिया