कारोबार


एलपी ग्यासको धरौटी मूल्य तोकियो

एलपी ग्यासको धरौटी मूल्य तोकियो

नेपालखबर
असोज २७, २०७७ मंगलबार १२:२७,

नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यप्रति सिलिन्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए। यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुनेपनि उनले बताए। एकै प्रकारको सिलिन्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिन्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको बताए।

संघले तोकेको भन्दा बढी रकम लिएमा गैर कानूनी हुने पनि उनले बताए। अहिलेसम्म उपभोक्तासँग भएका सिलिन्डरको हकमा भने आफूले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे।

उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिन्डरको मूल्य फरकफरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिन्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए। तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिन्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए।

अहिलेसम्म बिक्री भएका सिलिनडरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए।

संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिनडरको धरौटी तोकेको हो। तर, यसअघि उपभोक्ताको घरमा पुगेका सिलिन्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन। यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिनडरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad