बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैँ तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ।
रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रमण मोटर्सले रनर मोटरसाइकको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको छ।
कम्पनीले यो अहिलेसम्मकै उत्कृस्ट अफर रहेको दाबी गरेको छ।
साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ। यति मात्र नभई, कुनैपनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मूल्यांकन गरिने छ।
देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैँ तिहार अन्तर्गत रु ५१ हजारसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने छन्। रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखी २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको र उक्त ब्राण्डको दिनदिनै बजार बढ्दै गएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया