समाज


कोरोना भाइरसः भारतमा दैनिक संक्रमितहरुको संख्यामा कमी

कोरोना भाइरसः भारतमा दैनिक संक्रमितहरुको संख्यामा कमी

नेपालखबर
असोज २७, २०७७ मंगलबार ८:११,

सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै सङ्क्रमित हुने गरेको देखिएको बताएका छन्।

केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो।

भारतमा एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये सबैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो।

अहिले भारतमा कुल सङ्क्रमितको सङ्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्लबार जनाएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना सङ्क्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख नौ हजार ८५६ पुगेको छ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामा नै रहेकाहरुको कुल सङ्ख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरुले जनाएका छन्।

उनीहरुका अनुसार भारतमा अहिले आठ लाख ३८ हजार ७३९ जना सङ्क्रमित अवस्थामा नै रहेका छन्।

भारतमा कुल सङ्क्रमितमध्ये मृत्यु भएकाहरुको दर १.५३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad