बेइजिङले दक्षिण चीन सागर आफ्नो भएको दाबी गरिरहँदा अन्य दाबीकर्ता राष्ट्रको सुरक्षाको लागि भन्दै अमेरिकाले यस विवादित क्षेत्रमा आफ्नो उपस्थिती बढाउँदै लगेको छ।
साउथ चाइना सी स्ट्राटेजिक सिच्वेसन प्रोबिङ इनिसियटिभ्स एससीएसपीआइको सोमबार सार्वजनिक रिपोर्टअनुसार अमेरिकाले दक्षिण चीन सागरमा लामो–दुरीको तयारी गरिरहेको छ। यस संस्था चीन नजिक मानिन्छ।
एससीएसपीआइका अनुसार चीन नजिक पुगेका ४१ विमान दक्षिण चीन सागरको माथि उडेको थियो, ६ विमान इस्ट चाइना सी र उत्तरी क्षेत्रमा र १३ विमान एल्लो सीमाथ उडेको थियो।
उक्त रिपोर्टमा गत महिना अमेरिकी विमानहरुले चीन नजिकका क्षेत्रको आकाशमै इन्धन भरेको पनि उल्लेख गरिएको छ। अमेरिकाले टाढैबाट दक्षिण चीन सागरमा आक्रमण गर्ने तयारी गरिरहेको हुनसक्ने उक्त संस्थाको अनुमान छ।
रिपोर्टमा भनिएअनुसार ग्वामस्थित पश्चिमी प्रशान्त टापुको सैन्य बेसबाट उडेका रिफ्युलिङ एयरक्राफ्ट ‘तेल बोक्ने’ विमान दक्षिण चीन सागर पुगेका थिए जहाँ अमेरिकाका जासुसी विमानले तेल भरेका थिए।
अमेरिकाले जापानस्थित केदना सैन्य बेसबाट रिफ्युलिङ एयरक्राफ्ट विमान बोलाउनुको साटो ग्वामबाट बोलाउनुलाई रिपोर्टमा सन्देहपूर्ण कार्य भनिएको छ किनभने ग्वामबाट त्यसरी विमान ल्याउँदा महँगो र गाह्रो हुनेगर्छ। चरम अवस्थामा यस्तो गरिन्छ।
‘यसले के देखाउँछ भने दक्षिण चीन सागर अमेरिकी प्राथमिकतामा पर्छ’ रिपोर्टमा भनिएको छ।
यसअघि चीनले दक्षिण चीन सागरमा अमेरिकाले जासुसी विमान उडाउँदा व्यवसायिक विमान आक्रमणको खतरामा परेको बताएको थियो।
अमेरिकी जासुसी विमानको डिजाइन व्यवसायिक विमानको जस्तो भएको र यसरी झुक्किने अवस्था सिर्जना भएको चीनको भनाइ थियो।
सन् १९८३ मा सोभियत एयरफोर्सले कोरियन एयरलाइन्सलाई आक्रमण गर्दा सबै २६९ यात्रुको मृत्यु भएको थियो। अमेरिकी जासुसी विमान भन्दै आक्रमण गरिएको बताइएको थियो।
चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दछन्।
यसबीचमा अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ।
चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँछ।
अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँछ। त्यसकारण अमेरिका र चीनबीच यस विषयमा ठूलो टकराव छ।
चीनले यस विवादित जल क्षेत्रमा कृतिम टापु पनि खडा गरिसकेको छ। जहाँ चिनियाँ सेनाहरु तैनाथ छ।
कृतिम टापु खडा भएपछि अन्य दाबीकर्ता देशहरुले चीनको आलोचना गर्दै आएका छन्।
अमेरिका, अस्ट्रेलिजा, जापान र भारत ‘क्वाड’ले पनि चीनको दाबीलाई खारेज गर्दै दक्षिण चीन सागरमा चिनियाँ कार्य अवैधानिक भएको बताउँदै आएका छन्। एससीएपमी
यो पनिः ‘अमेरिकी जासुसी विमानले दक्षिण चीन सागरमा व्यवसायिक विमानमाथि जोखिम सिर्जना गर्दैछ’
अमेरिकाले फेरि भन्यो: दक्षिण चीन सागरमा चीनको कुनै अधिकार छैन, यसविरुद्ध कदम चाल्छौं
Shares

प्रतिक्रिया