समाज


नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

नेपालखबर
असोज २५, २०७७ आइतबार १०:६,

नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ।

संघले सरकार र अनशनरत डा गोविन्द केसीका बीच गए राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ।

संघले आज देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो।

संघका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad