सुनको औँठी र नगद लुटपाट गरेर भाग्ने ट्याक्सी चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं नयाँ बजारस्थित धारा गल्लीमा काभ्रे भुम्लु–४ घर भई हाल कपुरधारा बस्ने ३७ वर्षीय सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट भएको हो। सो अभियोगमा धादिङ घर भई हाल काठमाडौं म्हेपी बस्ने २९ वर्षीय बिष्णु ढकाल लगायत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
सूर्य तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा.२ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस सञ्चालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया