समाज


अजरबैजान र आर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

अजरबैजान र आर्मेनियाबीचको युद्धविरामको राष्ट्रसंघीय महासचिवद्धारा स्वागत

नेपालखबर
असोज २५, २०७७ आइतबार ८:४६,

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।

शनिबार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो। रुसी विदेश मन्त्रीको रोहबरमा शनिबारदेखि युद्धविराम लागू हुने गरी दुई देशले सहमति गरेका थिए।

यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्नका लागि महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए।

रुसी राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धबिरामको सहमति भएको थियो। यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेका हुन्।

यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसले बताएको छ।

यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि उनले स्वागत गरे। उनले यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि बताएका छन्।

यी दुई देशका बीचमा दशकौँ देखि भूमीसम्बन्धी विवाद रही आएको र पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरु भएको थियो।

हिमाली क्षेत्र नोगोर्नो काराबाखलाई लिएर पछिल्लो समय आपसमा हमला भइरहेको छ। यस युद्धमा परेर करिब ४ सय जनाले ज्यान गुमाएका पनि पछिल्लो प्राप्त समाचारमा जनाइएको छ।

विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो। तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समुहको नियन्त्रणमा रही आएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad