संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ।
पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ।
कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस संक्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ।
कोरोना संत्र,मणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ। संत्र,मणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ४५४ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ।
कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ। स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ।
अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ। पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ।
मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ। फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ७७ हजार ६३० जना पुगेको छ। यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७४ लाख ७८ हजार पुगेको छ। कूल संक्रमितमध्ये दुई करोड ८१ लाख १८ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ। रासस/एएफपी

प्रतिक्रिया