समाज


सर्लाहीका सिडिओलाई कोरोना संक्रमण, जिल्ला प्रशासन कार्यालय एक साताको लागि बन्द

सर्लाहीका सिडिओलाई कोरोना संक्रमण, जिल्ला प्रशासन कार्यालय एक साताको लागि बन्द

नेपालखबर
असोज २५, २०७७ आइतबार ३:०,

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

सिडिओलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा एक साताको लागि बन्द गरिएको छ।

कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिनअघि सिडिओ पौडेलसहित कार्यालयका कर्मचारी र सुरक्षाकर्मीसहित ७१ जनाको स्वाब परीक्षण गरिएको थियो। शनिवार दिउँसो प्राप्त रिपोर्ट अनुसार सिडिओ पौडेलसहित कार्यालयका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पौडेललाई केही दिनदेखि ज्वरो आउनुका साथै कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण समेत देखिएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण देखिएको जानकारी दिएका छन्।

सिडिओसहित संक्रमित सबै कर्मचारी अहिले होमआइसोलेसनमा बसेका छन्। सिडिओसहितका कर्मचारीमा संक्रमण देखिएपछि आज (आइतबार) देखि जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक साताका लागि कार्यालय बन्द गरेको छ।

आउँने आइतबारदेखि मात्र कार्यालय सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad