समाज


भक्तपुरमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

भक्तपुरमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु

नेपालखबर
असोज २५, २०७७ आइतबार ३:१२,

भक्तपुरमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात वर्षीया एक बालिका घाइते भएकी छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक भक्तपुर नगरपालिका ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामा घाइते भएकी छन्। उनको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad