समाज


बिहानैदेखि देशभर घाम, भारतमा बनिरहेको चक्रवातले के गर्ला?

बिहानैदेखि देशभर घाम, भारतमा बनिरहेको चक्रवातले के गर्ला?

नेपालखबर
असोज २५, २०७७ आइतबार १:५३,

आज (आइतबार) पनि बिहानैदेखि देशभर घाम देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक दुई ठाउँमा फाटफुट वर्षाको सम्भावनाबाहेक आज दिनभर नै देशभर मौसम सफा रहने देखिएको छ।

भारत बंगालको खाडीमा विकास भइरहेको चक्रवातले कस्तो असर पार्ला?
मौसमविद्का अनुसार भारतको बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रबाट चक्रवात (सामुद्रिक आँधी) विकास हुने क्रममा छ।

तर अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा खासै ठूलो असर पार्ने नदेखिएको मोसमविद् वरुण पौडेलले बताए।

याे पनि :  भारतमा चक्रवात बन्दै, नेपालमा ठूलो वर्षा हुने सम्भावना

‘त्यो प्रणाली उत्तर-उत्तर सरेको भए नेपालमा असर गर्थ्याे तर त्यो पश्चिम-पश्चिम गइरहेको छ,’ आइतबार बिहान नेपालखबरसँग मौसमविद् पौडेलले भने, ‘नेपालमा त्यसकाे बाहिरी बादल मात्र आउने र फाटफुटसम्म वर्षा गराउने सम्भावना छ, त्यस्ताे ठूलाे वर्षा हुने देखिन्न।’

उनका अनुसार अहिले त्यो शक्तिशाली न्यून चापीय क्षेत्रका रूपमा छ, चक्रवात बनिसकेको छैन। बन्ने क्रममा छ।

‘चक्रवातको चरणसम्म पुग्दैन कि जस्तो पनि देखिन्छ,’ मौसमविद् पौडेलले भने।

माैसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान-

असोज २५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २गते (सोमबार)

दिउँसो :  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज २गते (मंगलबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad