ad ad

समाज


चीनको नयाँ दाबी : कोरोना भाइरस वुहानमा उत्पन्न भएको होइन !

चीनको नयाँ दाबी : कोरोना भाइरस वुहानमा उत्पन्न भएको होइन !

नेपालखबर
असोज २४, २०७७ शनिबार १:४५,

चीनले कोरोना भाइरस आफ्नो देशको वुहानबाट सुरु भएको भन्ने कुरालाई पहिलोपटक अस्वीकार गरेको छ।

बरु यो भाइरसबारे पहिलोपटक दुनियाँलाई जानकारी दिएर सचेत हुन सहयोग पुर्‍याएकाे दाबी चीनले गरेको छ।

शुक्रबार उसले भनेको छ- ‘पछिल्ला वर्ष यो भाइरस संसारका धेरै भागमा फैलिइसकेको थियो, तर चीन नै त्यस्तो देश हो, जसले यसबारे विश्वलाई पहिलोपटक जानकारी दियो र यसबाट बच्न तत्काल उपयुक्त कदम चाल्यो।’

यस क्रममा चीनले वुहानको मासु बजारबाट कोरोना महामारी सुरु भएको भन्ने रिपोर्ट तथा अमेरिकाले लगाएको आरोपको समेत खण्डन गरेको छ।

चीनकाे विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भनिन्, ‘कोरोना नयाँ प्रकारको भाइरस हो, यो भाइरसबारे अझै विभिन्न तथ्य आउने क्रम जारी छ।’

उनकाे भनाइकाे अर्थ कोरोना भाइरस चीनमा उत्पन्न भयो भन्ने निश्चित गरिहाल्ने आधार छैन। किनकि यसबारे नयाँ नयाँ तथ्य आउने तथा अध्ययन गर्ने क्रम जारी नै छ। 

चीनले यस्तो प्रतिक्रिया त्यतिबेला दिएकाे छ, जतिबेला अमेरिकाले चीनकाे कडा आलाेचना गरेको थियो।

याे पनिचीनविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आग्रह

केही दिनअघि जापानमा आयोजित क्वाड सम्मेलनमा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी र नेताले कोरोनासम्बन्धी जानकारी  लुकाएको आरोप पनि लगाएका थिए।

चीनको विदेश मन्त्रालयका अनुसार कोरोनाको उत्पत्ति र स्रोतबारे विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .